arrow

बाइडेन गम्भीर बिमार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १२ मंगलबार
biden-america.jpg
तस्बिर – फाइल ।

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था ठीक छैन । ह्वाइट हाउसका पूर्व चिकित्सक टेक्सास रिपब्लिकन प्रतिनिधि रोनी ज्याक्सनले राष्ट्रपति बाइडेनको स्वास्थ्यको बारेमा चिन्ता जायज रहेको बताएका छन् । उनका अनुसार वाइडेनको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ ।

एचटी रिपोर्टका अनुसार रोनी ज्याक्सनले भने कि ‘मैले तीन राष्ट्रपति जर्ज बुस, बाराक ओबामा र डोनाल्ड ट्रम्पको हेरचाह गरेको छु। त्यसैले मलाई कमाण्डर इन चिफ र राज्यको प्रमुख बन्नको लागि के लिन्छ भनेर आफैँलाई थाहा छ। यो मानसिक र शारीरिक रूपमा कठिन काम हो।’ यी तीनको प्रशासनमा डाक्टर भएर काम गरेको उनले बताए ।

रोनीले पनि आफूले काम गर्न नसक्ने दाबी गरेका छन् । तर राष्ट्रपति बाइडेनले स्वस्थ्य छु भनेर हरेक दिन जबर्जस्ती प्रमाणित गरिरहेका छन् । जसका कारण अवस्था झनै बिग्रँदै गएको पूर्व चिकित्सकले बताए ।

 पूर्व डाक्टरले पहिले जो बाइडेनको संज्ञानात्मक तीक्ष्णताको बारेमा चिन्ता व्यक्त गरेका थिए। यति मात्र होइन उनले २०२४ को चुनाव अघि नै संज्ञानात्मक परीक्षणको मागसमेत गरेका छन् ।

उनका अनुसार बाइडेनले आफ्नो कार्यकालमा आएको गिरावटको उल्लेखसमेत गरेका छन् । अब चार वर्षसम्म पदमा बस्ने जोखिम उठाउन नसक्ने उनको दाबी छ । 

उनले भने, ‘उनीहरूले हामीलाई पहिले नै ठूलो जोखिममा राखेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ