- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले स्थानीय तहले प्रत्येक वर्ष विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्ने बताएकी छन् ।
सामान्य प्रशासन मन्त्रालय र कोशी प्रदेश मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहहरुको असल अभ्यास’ कार्यक्रममा सामान्य प्रशासनमन्त्रीले जनताका विकासका चाहना पूरा गर्न ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।
उनले स्थानीय तहलाई नमूनाका रुपमा विकास गर्नुपर्ने बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सङ्घीय सरकारबाट बजेट वितरणमा भेदभाव भएको गुनासो गरे ।
कार्यकक्रममा प्रदेशका १४ जिल्लाका स्थानीय तहका प्रमुखको उपस्थिति छ ।