arrow

यी हुन् ओली कपको सेमिफाइनल पुग्ने चार टोली

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
oli-cup-semifinal.jpg

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

पोखरा रङ्गशालामा बुधबारको दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुङ्गो लागेको हो । 

भिम सार्की र सन्तोष कार्कीको अर्धशतकीय पारिमा आर्मीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेर अन्तिम चारको यात्रा पक्का गरेको हो ।

खेलमा टस जितेर सुरुआती ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८६ रन बनायो । आर्मीका लागि सुरुआती ब्याट्सम्यान कार्की रसार्कीले अर्धसतकीय पारी खेलेका थिए ।

बलिङतर्फ कोशी प्रदेशका सर्वण यादवले सर्वाधिक तीन विकेट लिन सफल भए । कमल खत्रीले दुई तथा प्रकाश कार्की र सोनु मण्डलले समान एक-एक विकेट लिए । 

जितका लागि एक सय ८७ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोशी प्रदेश १८ दशमलव दुई ओभरमा एक सय ४७ रनमा समेटियो । 

कोशीका लागि सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाए । यसैगरी समीर कार्कीले ३४, सुजन थपलियाले २१ र मनिश थापाले १६ रनको योगदान दिए । 

यसैगरी बुधबारको पहिलो खेलमा सुदूरपश्चिमले प्रदेशले राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिस क्लबलाई चार विकेटले पराजित गरेको थियो । 

पुलिसले दिएको एक सय ५९ रनको लक्ष्यलाई सुदुरले १८ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा पूरा गर्यो । 

सुदूरले पुलिसलाई अन्तिम खेलमा पराजित गरे पनि सेमिफाइलन पुग्न भने सकेन । नेट रनरेटको आधारमा मधेस प्रदेश सेमिफाइनल पुग्ने भाग्यमानी टोली बन्यो । आर्मी समूह ‘डि’ मा चार अङ्क बटुल्दै शीर्ष स्थानमा रहन सफल भयो । 

यसैगरी समूह ‘ए’ मा चार अङ्क बटुलेको बागमती प्रदेश, समूह ‘बि’ मा दुई अङ्का अङ्कका साथ एपिएफ क्लब र समूह ‘सि’ मा दुई अङ्कका साथ मधेस प्रदेशले अन्तिम चारको यात्रा तय गरेका गरेका हुन् । 

सेमिफाइनलको पहिलो खेल बिहीबार आर्मी र बागमती प्रदेश तथा तथा दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशका बीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिए । 

प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । 

यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । 

यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ