arrow

भारत अष्ट्रेलियासँग पराजित, बने यस्ता रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
rituraj-gaikwad-glenn-maxwe.jpg
तस्बिर – ऋतुराज गाइकवार्ड (बायाँ) र ग्लेन म्याक्सवेल ।

काठमाडौँ । भारतले तेस्रो टी–२० क्रिकेट श्रृंखलामा अष्ट्रेलियासँग हार बेहोरेको छ । अष्ट्रेलिया गुवाहाटीमा मंगलबार राति सम्पन्न खेलमा ५ विकेटले विजयी भएको हो ।

टस हारेर पहिले ब्याटिङ गर्दै भारतले ३ विकेटको क्षतिमा २२२ रन बनायो । ऋतुराज गाइकवाडले ५७ बलमा अविजित रहँदै १२३ रन बनाए । उनी अष्ट्रेलियाविरुद्ध टी–२० मा सर्वाधिक रन बनाउने पहिलो भारतीय हुन् ।

यसअघि सन् २०१६ मा विराट कोहलीले ५५ बलमा अविजित रहँदै ९० रन बनाएका थिए । सबै टिमविरुद्धको एकल सर्वाधिक स्कोर भने शुबमन गिलको नाममा रहेको छ । उनले सन् २०२३ मा न्यूजिल्याण्डविरुद्ध १२६ रन बनाएका थिए ।

यो मामलामा ऋतुराज दोस्रो खेलाडी भएका छन् । ऋतुराज टी–२० मा शतक बनाउने नवौँ भारतीय हुन् । यसअघि रोहित शर्माले ४, सूर्यकुमार यादवले ३ तथा केएल राहुलले २ शतक बनाइसकेका छन् । त्यस्तै सुरेश रैना, विराट कोहली, दीपक हुडा, यशस्वी जयसवाल र शुबमनले १–१ शतक बनाएका छन् । 

अष्ट्रेलियाका आरोन हार्डीले कीर्तिमानी ४ ओभरमा ६४ रन दिए । हार्डी भन्दा अगाडि भारतविरुद्ध यो रेकर्ड सिन एबटको नाममा रहेको थियो । पछिल्लो खेलमै उनले ३ ओभरमा ५६ रन दिएका थिए । 

जवाफमा अष्ट्रेलियाले २० ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । ग्लेन म्याक्सवेलले ४८ बलमा अविजित रहँदै १०४ रन बनाए । ट्राभिस हेडले १८ बलमा ३५ रन बनाए ।

म्याक्सवेलले भारतविरुद्ध सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले २१ खेलमा ५५४ रन बनाएका छन् । उनका नाममा दुई शतक र दुई अर्धशतक रहेको छ ।

यसअघि आरोन फिन्चले १८ खेलमा ५०० रन बनाएका थिए । टी–२० मा म्याक्सवेलले शतकमा रोहितको बराबरी गरेका छन् । 

रवि बिश्नोईले २ विकेट लिए । 

यो खेलपछि पाँच खेलको श्रृंखलामा २–१ को स्थितिमा पुगेको छ । भारतले यसअघि दुवै खेल जितेको थियो ।

तेस्रो खेलमा विजयी भएको भए भारतले टी–२० मा सर्वाधिक जित हासिल गर्ने रेकर्ड आफ्नो नाममा लेखाउने थियो । 

हाल भारत र पाकिस्तानले समान १३५ टी–२० जितेका छन् । 

चौथो खेल शुक्रबार रायपुरमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ