arrow

बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
barcelona-2023-11-29.jpg

काठमाडौँ । स्पेनिश क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआटउ चरणमा प्रवेश गरेको छ । मंगलबार घरेलु मैदानमा एफसी पोर्टोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोना नकआउट चरण प्रवेश गरेको हो ।

खेलमा अग्रता पाहुना टोली पोर्टोले ३० औँ मिनेटमा एक्विनो कोसाको गोलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटमै कान्सेलोले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । उनको बराबरी गोल गर्न पेड्रीको पास सदुपयोग गरे । 

५७ औँ मिनेटमा जोआओ फिलिक्सले बार्सिलोनाका लागि विजयी गोल गरे । उनै कान्सेलोको पासलाई सदुपयोग गर्दै फिलिक्सले गोल गरेका हुन् ।

नकआउट चरण पुग्न समूह एमा बार्सिलोनाले ५ खेलबाट १२ अंक जोड्यो । एक खेल खेल्न बाँकी रहेको समूहमा उसले पोर्टोसँग तीन अंकको अग्रतालाई कायम राख्यो । 

बार्सिलोना तीन सिजनमा पहिलो पटक नकआउट अर्थात् प्रिक्वार्टरफाइनलमा पुगेको हो । 

सोही समूहको अर्को खेलमा शख्तरले रोयल एन्टवर्पलाई १–० ले हराउँदै नकआउट चरण पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।

पोर्टो ९ अंक सहित दोस्रो र शख्तर डोनेस्क पनि ९ अंक सहित तेस्रो स्थानमा छ । अन्तिम खेलको नतिजाले यी दुई टिमको नकआउट चरण पुग्ने भाग्यको फैसला गर्नेछ । 

अंकविहीन एन्टवप तालिकाको पुछारमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ