arrow

राहुल द्रविडको सम्झौता नवीकरण, कम्तीमा टी–२० विश्वकपसम्म प्रशिक्षक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
rahul-dravid.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राहुल द्रविड भारतीय राष्ट्रिय टिमको प्रशिक्षक रहिरहने भएका छन् । २०२१ को नोभेम्बरमा दुई वर्षका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बनेका द्रविडको यही नोभेम्बरमा प्रशिक्षकको रुपमा कार्यकाल सकिँदै थियो ।

 भारतीय क्रिकेट कन्ट्रोल बोर्डले द्रविडको सम्झौताको अवधि नवीकरण गरिएको जानकरी दिएको छ । तर कहिलेसम्म उनी प्रशिक्षक रहन्छन् भन्ने स्पष्ट गरेको छैन ।

रिपोर्टका अन्सुअर आगामी जुनमा हुने टी–२० विश्वकपसम्म टिमको प्रशिक्षकको रुपमा काम गरिरहने गरी सम्झौता भएको छ ।

यसअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आशिष नेहरालाई टी–२० विश्वकपका लागि प्रशिक्षक बन्न गरेको आग्रहलाई उनले अस्वीकार गरेको बताइएको छ ।

नेहराले अस्वीकार गरेपछि बोर्डले टी–२० विश्वकपसम्म द्रविडलाई नै निरन्तरता दिन आग्रह गरेको र द्रविडले पनि टी–२० विश्वकपसम्म प्रशिक्षक बनिरहन स्वीकार गरेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार द्रविडपछि अब पूर्व क्रिकेट भीभीएस लक्ष्मण प्रशिक्षक बन्ने सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ