arrow

बराबरीपछि म्यानयूको नकआउट चरण सम्भावना कमजोर  

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
manutd-galatasare-2023.jpg

काठमाडौँ । युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेड टर्किश क्लब गालातासारेसँग बराबरीमा रोकिएको छ ।

गएराति सम्पन्न समूह ए अन्तर्गतको खेलमा म्यानयू ३–३ गोलको बराबरीमा रोकिएको हो ।

गालातासारेका लागि हाकिम जियाचले २ गोल गरेका थिए भने मुहमद केरेमले एक गोल गरेका थिए ।

त्यसैगरी म्यानयूका लागि अलेजनान्द्रो गर्नाचो, ब्रुनो फर्नान्डेज र स्कट म्याक्टोमिनीले एक एक गोल गरेका थिए ।

त्यस्तै यसै समूहको अर्को खेलमा बायर्न म्युनिख र कोपेनहेगनले गोलरहित बराबरी खेलेका थिए ।

अब समूह ए मा अन्तिम खेल खेल्न बाँकी रहँदा बायर्न म्युनिखको ५ खेलमा १३ अंक रहेको छ र राउण्ड १६ मा छनोट भएको छ भने कोपेनहेगन र गालाटासारेको ५–५ अंक रहेको छ । म्यानयूको अंक रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा अर्को साता म्यानयूले बायर्न म्युनिखको सामना गर्ने छ भने कोपेनहेगनले गालातासारेको सामना गर्ने छ ।
  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ