arrow

रियालसँग पराजित नापोलीको नकआउट सम्भावना कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
raal-napoli-afp.jpg

काठमाडौँ । युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियाल मड्रिडले नापोलीलाई पराजित गरेको छ । गएराति सम्पन्न समूह सी अन्तर्गतको खेलमा रियाल मड्रिडले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

रियाल मड्रिडको जितमा रोड्रिगो, जुडे बेलिङघम, निको पाज र जोसेलुले एक एक गोल गरेका थिए । त्यसैगरी नापोलीका लागि गिओभानी सिमोओने र आन्द्रे फ्र्यांक जाम्बोले एक एक गोल गरे ।
 
यसै समूहका ब्रागा र युनियन बर्लिनले गएराति नै सम्पन्न खेलमा १–१ गोलको बराबरी खेलेका थिए ।

यो जितपछि रियाल मड्रिडले ५ खेलमा सबै जितसहित १५ अंक हासिल गरेको छ र समूहमा शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै नापोलीको ५ खेलमा ७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । नापोलीको नकआउट प्रवेश सम्भावना बलियो रहेको छ । 

त्यस्तै ब्रागाको ५ खेलमा ४ अंक छ भने युनियन बर्लिनको ५ खेलमा २ अंक रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा अर्को साता रियाल मड्रिडले युनियन बर्लिनको सामना गर्ने छ भने नापोलीले ब्रागाको सामना गर्ने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ