arrow

आर्सनलले बर्सायो आधा दर्जन गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
arsenal-lens-2023.jpg

काठमाडौँ । युएफा च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो अन्तिम खेलमा इङ्गलिश क्लब आर्सनलले गोलको वर्षा गरेको छ । 

आर्सनलले फ्रेन्च क्लब लेन्समाथि आधा दर्जन गोल बर्साएको हो । आर्सनले ६–० ले विजयी भयो । 

आर्सनलका लागि काइ हाभार्टज, गाब्रियल जेसिस, बुकायो साका, गाब्रियल मार्टिनेल, मार्टिन ओडेगार्ड र योर्गिन्होले १–१ गोल गरे । 

योसँगै अन्तिम खेल खेल्नुअघि समूह बीमा आर्सनल १२ अंकसहित शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । पीएसभी आइन्डहोभनको ८ अंक छ भने लेन्सको ५ अंक छ । सेभियाको २ अंक छ । सेभिया नकआउट चरण प्रवेशको सम्भावनाबाट बाहिरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ