arrow

मधेस र आर्मी केपी ओली कपको उपाधिका लागि भिड्ने, बागमती र एपीएफ बाहिरिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
t20-kpoli-cup-2080.jpg

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश उपाधिका लागि भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनलमा मधेसले सशस्त्र प्रहरीको एपीएफलाई ११ रनले हरायो । 

आर्मीले जितका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । 

बागमतीका प्रतीक श्रेष्ठले ३५ बलामा चार छक्का र तीन चौकाको मद्दतमा अर्थशतकको योगदान दिए पनि टोलीलाई फाइनल पुर्याउन असफल भए । 

यसैगरी कप्तान सन्दीप लामिछानले १९, रीत गौतमले १४, इशान पाण्डेले १२ रन बनाए । ‘प्लेयर अफ दी म्याच’ घोषित आर्मीका सहाव आलमले चार तथा सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिनुभयो ।

आर्मीले विजयी लक्ष्य १५ ओभरमा छ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिए । कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाए । 

बागमतीका सन्दीप लामिछानले दुई तथा प्रतीश जिसी, इशान पाण्डे, सोनु देवकोटा रीत गौतमले समान एक–एक विकेट लिए । सुजन थपलियाले २१ र मनिष थापाले १६ रनको योगदान दिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा मधेसले एपीएफलाई ११ रनले हरायो । पहिले ब्याटिङ गरेको मधेसले ६ विकेटको क्षतिमा १९७ रन बनायो ।

अनिल साहले ३६ बलमा ५७, इम्रान शेखले ३२ बलमा ५० तथा पवन सर्राफले १९ बलमा ३३ रन बनाए । एपीएफका मौसम ढकालले ३ तथा अमर राउटेलाले २ विकेट लिए । 

जवाफमा एपीएफले ९ विकेटको क्षतिमा १८६ रन बनाउन सक्यो । कप्तान प्रदीप ऐरीले ४२ बलमा ५५ तथा सन्दीप जोराले ३१ बलमा ५४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

त्यस्तै लोकश बलमे १५ बलमा ३२ रन बनाएका थिए । मधेसका लागि बिशाल पटेलले ३ तथा हरिशंकर शाह र प्रदीप पासवानले समान २–२ विकेट लिए । 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । 

यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । 

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ