arrow

युगाण्डाले पहिलो पटक टी–२० विश्वकप खेल्ने, जिम्बावे बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
t20-worldcup-2024.jpg

काठमाडौँ । छ पटकको टी–२० विश्वकप क्रिकेट खेलेको जिम्बावे सन् २०२४ मा भने नदेखिने भएको छ । हालै भारतमा भएको विश्वकप एक दिवसीयमा पनि छानिन असफल जिम्बाब्वे टी–२० विश्वकपमा पनि छानिन असफल भएको हो । 

अफ्रिकी समूहबाट छनोट चरण खेलेका सातमध्ये दुई टिम विश्वकपमा छानिनेमा युगाण्डा र नामिबियाले बाजी मारेका छन् । युगाण्डा पहिलो पटक टी–२० विश्वकपमा छानिएको हो । 

छनोटको अन्तिम खेलमा बिहीबार बार रुवाण्डालाई ९ विकेटले पराजित गर्दै युगाण्डा छानिएको हो । 

रुवाण्डाले दिएको ६६ रनको लक्ष्य पछाएको युगाण्डाले ८.१ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिङ गर्दै रुवाण्डाले १८.५ ओभरमा अलआउट हुँदै ६५ रनमात्र बनाएको थियो ।

यसअघि २००७ मा टी–२० विश्वकप खेलेको केन्या पनि विश्वकपमा छनोट हुन असफल भएको छ ।

७ देशले विश्वकपको छनोटमा भाग लिएकामा रुवाण्डा, तान्जानिया, नाइजेरिया यसअघि नै बाहिरिइसकेका थिए ।

टी–२० विश्वकप सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुँदैछ । 

नेपाल पनि एसियाबाट छनोट भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ