arrow

केपी ओली कपको उपाधिका लागि मधेस र आर्मी मैदानमा, मधेस ब्याटिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
t20-kpoli-cup-2080.jpg
तस्बिर – फाइल ।

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट’ को उपाधिका लागि अहिले विभागीय त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश भिड्दै छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर मधेसले पहिले ब्याटिङ गर्दैछ । 

हिजो भएको सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो । त्यस्तै मधेसले सशस्त्र प्रहरीको एपीएफलाई ११ रनले हराएको थियो ।  

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। 

यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ । 

प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ