arrow

केपी ओली टी–२० को उपाधि मधेस प्रदेशलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
kpoli-cup-t20-2080.jpg

काठमाडौँ । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । पोखरामा शुक्रबार सम्पन्न फाइनल खेलमा मधेस प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । मधेस ११ रनले विजयी भएको हो । 

मधेसले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनमात्र बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ३२ तथा भीम शार्कीले २२ रन बनाए । मधेसका हरिशंकर शाहले ४ विकेट लिए । 

यसअघि मधेसले टस जिटेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । विशाल पटेलले अविजित रहँदै ४९ तथा कप्तान हरिशंकरले २७ रन बनाएका थिए । हरिशंकर प्लेयर अफ द फाइनल घोषित भए । 

उपाधि जितेसँगै मधेस प्रदेशले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।  यसैगरी उपविजेता आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाएको छ ।

प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्ट्स एकेडेमीले गरेको थियो भने प्रतियोगिता गत मसिर ७ गतेदेखि सञ्चालन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ