arrow

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा

नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुने शृङ्खला आगामी फागुन ५ देखि हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १५ शुक्रबार
tu-cricket-ground-height.jpeg
तस्बिर-फाइल

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ ।

नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुवै टोलीसँग समान दुई खेल खेल्नेछ । 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र अमेरिका छन् । 

लिग सन् २०२७ सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१९ देखि २०२३ सम्म भएको अघिल्लो संस्करणको लिगमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ