arrow

पाकिस्तानलाई पछाडि पार्दै भारतले बनायो सबैभन्दा बढी टी–२० जितको कीर्तिमान

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १६ शनिबार
t20-india-aus-2023.jpg

काठमाडौँ । भारतले टी–२० क्रिकेटमा सबैभन्दा बढी खेल जित्ने कीर्तिमान रचेको छ । भारतले अष्ट्रेलियाविरुद्ध भारतमा चलिरहेको टी–२० श्रृंखलाको चौथो खेल जितेर उक्त कीर्तिमान रचेको हो । 

भारतले योसँगै सर्वाधिक १३६ खेल जितेको छ । पाकिस्तानका नाममा १३५ खेल जितेको कीर्तिमान रहेको थियो । अब भने भारत अगाडि लागेको छ । 

भारतले रायपुरमा भएको खेलमा अष्ट्रेलियालाई २० रनले पराजित गर्यो । खेलमा पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १७४ रन बनायो । रिंकु सिंहले २९ बलमा ४६ रन बनाए । यशस्वी जयसवालले २८ बलमा ३७ रन बनाए ।

बेन वार्शुइसले ३ तथा जासन बेहनडोर्फ र तन्भिर संघाले २–२ विकेट लिए ।

जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १५४ रन बनायो । कप्तान म्याथ्यु वाडले २३ बलमा अविजित रहँदै ३६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

भारतका लागि अक्षर पटेलले ३ तथा दीपक चहरले २ विकेट लिए । पटेल प्लेयर अफ द म्याच भए । 

यो जितसँगै भारतले श्रृंखलामाथि कब्जा जमाइसकेको छ । भारत ३–१ ले अगाडि छ । पाँचौँ तथा अन्तिम खेल आइतबार बेंगलुरुमा हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ