arrow

कांग्रेसको प्रथम प्रदेश सम्मेलन बुटवलमा शुरू

logo
नारायण वली, 
प्रकाशित २०८० मंसिर १६ शनिबार
congress-lumbini-2080-08-16a.jpg

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम प्रदेश सम्मेलन २०८० शनिबार बुटवलमा शुरु भएको छ ।

सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. चन्द्र भण्डारी, दिपक गिरी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेललगायत दर्जन बढी नेताहरुको उपस्थिति रहेको छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका सबै जिल्लाका कांग्रेस प्रतिनिधिहरु सहभागी भएका छन् । 

कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेश संरचनामा बाँडिएपछि बनेको ७ ओटा प्रदेशको सञ्चालन र विकासका बारेमा नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्दै आइरहेको भन्दै प्रदेशका बारेमा पछिल्लो समय सबैको चासो गुनासो भएकाले नेतृत्व तहले के कस्तो नीति ल्याएको छ भन्ने आम कार्यकर्ताहरुको रहेको बताए । 

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले देशको अवस्थाको बारेमा र देशको भविष्यका बारेमा अब के भन्छ भन्ने जिज्ञासा सबैको रहेको भन्दै विचार धारणा स्पष्ट पार्नुपर्ने जनाए ।

उनले अर्थतन्त्र, पेशा रोजगारी, उद्योगी, शिक्षा, स्वास्थ्य लगायतको अवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउँदै नेपाली कांग्रेस पार्टी गम्भीर बन्न आग्रह गरेका थिए ।

उनले संविधान सबै ठीक छ भनेर आफूले नभन्ने तर संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने पार्टीको दायित्व रहेको जनाउँदै संघीयताको बारेमा नकारात्मक कुराहरु फैलिदै गएकाले यसको स्थायित्व गर्न पार्टीको नेतृत्वले स्पष्ट पार्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ