arrow

अष्ट्रेलिया विरुद्धको टी–२० श्रृंखला भारतलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
t20-india-champion-2023.jpg

काठमाडौँ । अष्ट्रेलिया विरुद्धको टी–२० क्रिकेट श्रृंखला भारतले जितेको छ । पाँचौँ तथा अन्तिम खेलमा ६ रनको रोमाञ्चक जित हासिल गरेसँगै भारतले ५ खेलको श्रृंखला ४–१ ले जितेको हो । 

बेंगलुरुमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनायो । श्रेयस एय्यरले ३७ बलमा ५३ तथा अक्षर पटेलले २१ बलमा ३१ रन बनाए । 

जवाफमा अष्ट्रेलियाले ८ विकेटको क्षतिमा १५४ रन बनायो । बेन म्याकडर्मोटले ३६ बलमा ५४ रन बनाए । मुकेश कुमारले ३ तथा अर्शदीप सिंह र रवि विश्नोईले २–२ विकेट लिए । प्लेयर अफ द म्याच अक्षर पटेलले १ विकेटसमेत लिए । श्रृंखलामा ९ विकेट लिएका रवि विश्नोई प्लेयर अफ द सिरिज भए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ