arrow

स्पेनिश ला लिगामा १५ औँ चरण सकियो, रियाल मड्रिड र गिरोनाबीच टक्कर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
realmadrid-2023.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा १५ औँ चरणका खेल सकिएका छन् । शनिबार र आइतबार भएका खेलमा रियाल मड्रिड, बार्सिलोना, लस पल्मस, गिरोना, एथलेटिक क्लब, विजयी भएका छन् ।

लस पल्मसले गेटाफेलाई २–० ले हरायो । गिरोनाले भ्यालेन्सियालाई २–१ ले हरायो । एथलेटिक क्लबले रायो भाएकानोलाई ४–० ले हरायो । रियाल मड्रिडले ग्रानाडालाई २–० ले हरायो । 

ओसासुनाले रियाल सोडिडाडसँग १–१ को, मयोर्काले डेपोर्टिभो एलाभेससँग गोलरहित, अर्मेनियाले रियाल बेटिसँग गोलरहित र सेभियाले भिल्लारियलसँग १–१ गोलको बराबरी खेल्यो ।

बार्सिलोनाले एथलेटिक मड्रिडलाई १–० ले हरायो । घरेलु मैदानमा बार्सालाई जिताउन २८ औँ मिनेटमा जाओ फेलिक्सले राफिन्हाको पासमा गोल गरेका थिए । 

अंक तालिका
अंक तालिकाअनुसार १५ खेलबाट रियाल मड्रिड र गिरोना ३८ अंकसहित शीर्ष स्थानमा रहेका छन् । गोल अन्तरमा रियाल अगाडि छ ।

३४ अंकबाट बार्सिलोना दोस्रो स्थानमा छ । एथलेटिको मड्रिड ३१ अंकसहित चौथो स्थानमा छ भने एथलेटिक क्लब २८ अंकसहित पाँचौँ स्थानमा छ । 

सेल्टाभिगो, ग्रानाडा र अल्मेरिया रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ