arrow

युद्धबाटै बाँकी बन्धक रिहाइ गर्ने इजरेलका प्रधानमन्त्रीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
israel-PM-benjamin-netanyahu.jpg

काठमाडौँ । इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्ध विराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् । 

उनले कतारमा भएको युद्ध विरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरेलको घातक भूमि कारबाही जारी नराखी गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताए । 

शुक्रवार सात दिने युद्ध विराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकहरूलाई रिहा गरिएको थियो । 

नेतन्याहुका अनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन् । नेपालका तर्फबाट विपिन जोशी अझै रिहा भएका छैनन् । 

उनले इजरेली रक्षा बल (आईडीएफ) लाई तीव्रताका साथ लडाई शुरु गर्न निर्देशन दिएको बताए ।

 इजरेलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिब एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ । 

गाजामा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्व शुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ