arrow

युद्धमा साढे १५ हजार प्यालेस्टिनीको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १८ सोमबार
iseael-palestine-war-2080-0.jpg
तस्बिर – गाजामा ध्वस्त क्षेत्रमा दाउरा संलकन गर्दै एक बालक, एएफपी ।

गाजा । गत अक्टोबर ७ देखि हालसम्म गाजापट्टीमा इजरेली हमलामा मर्ने प्यालेस्टिनीहरूको सङ्ख्या १५ हजार पाँच सय २३ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । 

मन्त्रालयका प्रवक्ता असरफ अल–किद्राले पत्रकार सम्मेलनमा स्वास्थ्य सेवाहरू प्रभावित हुँदा प्यालेस्टिनी परिसरमा घाइते मानिसको सङ्ख्या ४१ हजारभन्दा बढी भएको जानकारी दिए  । 

उनका अनुसार उत्तरी गाजाका अस्पताल आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ भएकाले सयौँ घाइतेको उपचार अत्यन्त सीमित चिकित्सा उपकरणबाट जमिनमा भइरहेको छ । 

उनले गाजापट्टीका सबै अस्पतालमा चिकित्सा र शय्या क्षमताभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने बाध्यताले गम्भीर रोगहरूको उपचार गर्न संसाधनको कमी रहेको बताए । 

घाइतेहरूको उपचार विदेशमा गर्ने अनुमति दिने सुस्त व्यवस्थाको आलोचना गर्दै किद्राले इजरेल–हमास युद्ध शुरु भएपछि चार सय तीन मानिसलाई मात्र उपचारका लागि गाजापट्टी छाड्ने अनुमति दिइएको उल्लेख गरे । 

चिकित्सा आपूर्ति, औषधि र इन्धनको प्रवाह सुनिश्चित गर्नका लागि सुरक्षित मानवीय मार्गको माग दोहोर्याउँदै उनले घाइते र रोगीहरूलाई सहज उपचारका लागि विदेश जान अनुमति दिन आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ