arrow

मुलुकको समृद्धिका लागि नेताहरूले राम्रो काम गर्न सकेनन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
ganesh-timalsina.jpg

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको सङ्घर्ष गरेका नेताहरूले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताएका छन् । 

 मंगलवार काठमाडौँमा आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि सङ्घर्ष गर्न पनि आग्रह गरे । 

उनले अघिल्लो पुस्ताका नेताहरूले व्यवस्था परिवर्तनका लागि गरेको सङ्घर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ