arrow

राजदूतमा सिफारिस भएपछि सचिवले लिए अवकाश, सेवा लम्साललाई परराष्ट्रको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
sewa-lamsal-speaker-foreign-ministry-2022.jpg

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । 

“करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उनले लेखेका छन् । 

सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । 

संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । 

सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छन् । 

सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ