arrow
ADVERTISEMENT

प्रचण्ड पुगे गङ्गालाल, नारायणकाजीको उपचारमा कमि हुन नदिन आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
prachanda-narayankaji.jpg
तस्बिर फाइल

काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । 
 
छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठ गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका छन् । 

चीन भ्रमणका क्रममा उनलाई हृदयाघात भएको थियो । 

प्रचण्डले नारायणकाजीको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

प्रचण्डले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

नारायणकाजीलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला हृदयाघात भएपछि नारायणकाजीलाई त्यहाँ उनको उपचार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ