प्रचण्ड पुगे गङ्गालाल, नारायणकाजीको उपचारमा कमि हुन नदिन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
1.2k
Shares
तस्बिर फाइल
काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् ।
छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठ गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका छन् ।
चीन भ्रमणका क्रममा उनलाई हृदयाघात भएको थियो ।
प्रचण्डले नारायणकाजीको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
प्रचण्डले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।
नारायणकाजीलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला हृदयाघात भएपछि नारायणकाजीलाई त्यहाँ उनको उपचार गरिएको थियो ।