arrow

हमासले बन्धकलाई छाड्नुअघि लागुऔषध दिएको खुलासा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
israel-health-officers.jpg
तस्बिर– संसदको समितिमा जवाफ दिने क्रममा स्वास्थ्य मन्त्रालयकी अधिकारी ।

काठमाडौँ । इजरेलको स्वास्थ्य मन्त्रालयले हमासले बन्धकहरुलाई छाड्नुअघि लागुऔषध दिएको बताएको छ । इजरेलको संसदीय समितिमा स्वास्थ्य अधिकारीबाट बन्धकहरुलाई लागुऔषध दिइएको बताइएको हो । 

हमासले दुनियाँलाई बन्धकहरु स्वस्थ्य र खुशी भएको देखाउन चाहने क्रममा लागुऔषध दिएको पनि स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । बन्धकलाई कैद गरिएको क्षेत्रमा उनीहरुलाई निकै निर्मत तरिकाले टर्चर गरिएकोले लागुऔषध दिइएको पनि जनाइएको छ । 

स्वास्थ्य मन्त्रालयले कयौँ बन्धक निकै गहिरो ट्रमामा रहेका कारण त्यहाँबाट निस्कन मुस्किल रहेकोसमेत जनाएको छ । 

हमासले २४० बढीलाई बन्धक बनाएकामा सयको हाराहारीमा मात्र रिहा गरेको छ । नेपालका विपिन जोशी भने अझै छुटेका छैनन् । 

जोशी कहिले छुट्छन् भन्नेसमेत यकिन छैन । इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हालका लागि बन्धक छुटाउने कुनै उपाय नभएको बताएका छन् । 

उनको अवस्थासमेत अहिलेसम्म अज्ञात रहेको छ । हमासले इजरेलमा गरेको आक्रामणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । 

यसैबीच लेबनानका एक सैनिकको मृत्यु भएकोप्रति इजरेली सेनाले माफी मागेको छ । टाइम्स अफ इजरेलका अनुसार लेबनानमा हिजबुल्लाहका आतंकवादीहरुको झडपमा इजरेली सेनाले लेबनानका एक सैनिकलाई मारेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ