arrow

इटाली बीआरआई परियोजनाबाट बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
giorgia-meloni-italy.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इटालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना छोडेको छ । इटाली पहिलो पटक २०१९ मा यस परियोजनामा सामेल भएको थियो । 

यो परियोजना मार्च २०२४ मा सकिँदै गर्दा इटालीले यस अवधिभन्दा तीन महिनाअघि नै चीनलाई सूचना दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

एक चीनलाई पठाएको पत्रमा इटालीले बीआरआई सम्झौता नवीकरण नगर्ने उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनफिङले सन् २०१३ मा महत्वाकांक्षी योजनाको रुपमा बीआरआई घोषणा गरेका थिए ।

तर यसबाट बाहिरिने भन्दै इटालीले चीनलाई आधिकारिक रूपमा बीआरआईबाट बाहिरिने जानकारी दिएको हो । यस कदमले सम्बन्ध बिग्रने र इटालीको अर्थतन्त्रलाई नोक्सान पुर्‍याउने डरलाई खारेज गरेको सरकारी स्रोतहरूले बुधबार बताएको रोयटर्सले जनाएको हो । 

सन् २०१९ मा इटाली व्यापार र लगानी कार्यक्रममा सामेल हुने पहिलो र अहिलेसम्मको एकमात्र प्रमुख पश्चिमी राष्ट्र बनेको थियो । 

इटालियन प्रधानमन्त्री जर्जिया मेलोनीले गत वर्ष पदभार ग्रहण गरे बीआरआईले इटालीलाई कुनै उल्लेखनीय लाभ नभएको भन्दै सम्झौताबाट फिर्ता हुन चाहेको बताएकी थिइन् ।

सरकारी स्रोतका अनुसार रोमले बेइजिङलाई हालै पत्र पठाएर सम्झौता नवीकरण नगर्ने जानकारी दिएको थियो । चीनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

सन् २०१३ मा यो योजना शुरु भएदेखि १०० भन्दा बढी देशहरूले बीआरआई पूर्वाधार र निर्माण परियोजनाहरूमा सहयोग गर्न चीनसँग सम्झौताहरू हस्ताक्षर गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ