arrow

मौद्रिक नीतिमा लचकता आएसँगै शेयर बजारमा नौ मिनेटमै १११ अंकको उछाल, कारोबार बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शेयर बजारमा नेप्से परिसूचक आइतबार ९ मिनेटमै १११.२० अंकले बढेको छ। मौद्रिक नीतिमा लचकता आएसँगै शेयरमा प्रभाव देखिँदा शेयरमा उछाल आएसँगै तेस्रो सर्किटपछि कारोबार नै आजका लागि बन्द भएको छ। 

शेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आइतबारको कारोबार बन्द भएको हो । बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो । 

पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५ प्रतिशत पुगेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो । ११ बजेर २७ मिनेट जाँदा बजार ५ प्रतिशतले बढेको थियो ।

त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार २ मिनेटमै ६ प्रतिशतले बढ्यो । त्यसपछि कारोबार बन्द भएको हो । 

एकैदिन २२७ कम्पनीको शेयर मूल्य बढ्दा जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यो उपसमूहको सूचक ८.६३ प्रतिशतले उकालो लागेको छ। ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ