arrow

वीर अस्पतालले थाल्यो ब्रेन ट्युमर विशेष क्लिनिक सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
bir-hospital-emergency-final-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले ब्रेन ट्युमर विशेष क्लिनिक सेवा शुरु गरेको छ । अस्पतालको न्युरो सर्जरी विभाग अन्तर्गत हालै स्थापना गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रमार्फत ब्रेन ट्युमर विशेष क्लिनिक सेवा शुरु भएको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

क्लिनिक सेवा साताको दुई दिन सञ्चालन हुनेछ । आइतबार र बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म न्युरो सर्जरी बहिरङ्ग विभागको कोठा नम्बर  ४३१ बाट सेवा लिन सकिने पनि अस्पतालले जनाएको छ ।

साथै राष्ट्रिय न्युरो स्पाइन केन्द्रमार्फत दिइने विशेष न्युरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि साताको दुई दिन आइतबार र बुधबार कोठा नम्बर ४२८ बाट सञ्चालन हुने पनि अस्पतालले जनाएको छ । 

अस्पतालले यी विशेष सेवाहरुले टाउकोको ट्युमर र मेरुदण्डको दुखाइ लगायतका रोगबाट पीडित बिरामीलाई राहत मिल्ने अपेक्षा गरेको पनि उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ