arrow

महावीर पुनकी छोरीलाई सुनील शर्माको केएमसीले एमबीबीएस पढाइदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
mahabir-pun-sunil-sharma.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडले राष्ट्रिय आविश्कार केन्द्रका जन्मदाता वैज्ञानिक महावीर पुनकी छोरीलाई एमबीबीएस पढाउने भएको छ । 

चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षामा सामेल भइ उत्तीर्ण भएकी महावीरकी छोरी झरना पुनले चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपालभरका मेडिकल कलेजमा एमबीबीएस विषयमा भर्ना पाउन कठिन बनेको कलेजको ध्यानाकर्षण भएकोसमेत केएमसीले जनाएको छ । 

आइतबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई पत्र लेख्दै केएमसीले शैक्षिक सत्र २०८० मा एमबीबीएस विषयमा व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गर्न पत्रसमेत लेखेको छ । 

केएमसीले झरनाको भर्ना विषयमा शेयर धनी विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको तर्फबाट निवेदन गर्न चाहेकोसमेत उल्लेख गरेको छ । 

महावीर पुनले व्यक्तिगत वृत्ति विकासको असहजतालाई त्यागेर विदेशबाट नेपाल फर्की देशकै लागि केही गर्छु र देशका युवाहरुमा आधुनिक विज्ञानका आयामहरुको श्रृजनात्मक कार्यमा लगाउँछु भन्ने अठोट लिइ निस्वार्थ लागिपरेको पृष्ठभूमिमा उनकी छोरीलाई पनि पढाउने आफूहरुको दायित्व हुने ठानेर केएमसी र नोबेलका पूर्व अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद डा. सुनीलकुमार शर्माको सक्रियता र विशेष आग्रहमा उक्त कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्रावाससहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी गराउँदै भर्नाका लागि आवश्यक अनुकूलता प्रदान गर्नसमेत अनुरोध गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेल अस्पतालले निरन्तर रुपमा सर्वसाधारणका लागि निःशुल्क स्वास्थ्य शिविरमात्र गरेको छैन अस्पतालमा आउने सबैलाई सर्वसुलभ तरिकाले उपचार गर्दै आइरहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ