arrow

बालाचतुर्दशी

पितृको सद्गतिका लागि महादीपदान [फोटोफिचर]

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि भक्तजनको भीड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २४ आइतबार
balachaturdashi-2080-(18).jpg

काठमाडौँ । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा यो मेला लाग्ने गर्छ । पशुपतिनाथलगायत देशभरका शिवालयमा अहिले बेलुकी दिवङ्गत पितृका नाममा बत्ती बालिएको छ । 

मङ्सिर २५ गते सोमबार बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छरिन्छ । यसका लागि आज बिहानैदेखि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आएका छन् । 

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीको बिहान पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छर्ने गरिन्छ । 

यस पर्वका लागि कोषले पशुपतिनाथको पूर्वी ढोकाअघिको बागमतीबाट पारि जान बाँसको अस्थायी पुल निर्माण गरेको छ । यसैगरी शतबीज मार्गमा बत्ती राखिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । 


कोषले पशुपति क्षेत्रमा पर्याप्तमात्रामा धारा र शौचालयको व्यवस्था पनि गरेको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरेको छ । पर्वका अवसरमा कोषले रोपेको बिरुवा नमास्न, ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न कोषले भक्तजनसँग आह्वान गरेको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन पुग्छन् । आइतबार बेलुकी दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।
 

balachaturdashi-2080 (1).jpg
balachaturdashi-2080 (2).jpg
balachaturdashi-2080 (3).jpg
balachaturdashi-2080 (4).jpg
balachaturdashi-2080 (5).jpg
balachaturdashi-2080 (6).jpg
balachaturdashi-2080 (7).jpg
balachaturdashi-2080 (8).jpg
balachaturdashi-2080 (9).jpg
balachaturdashi-2080 (10).jpg
balachaturdashi-2080 (11).JPG
balachaturdashi-2080 (12).jpg
balachaturdashi-2080 (13).JPG
balachaturdashi-2080 (14).JPG
balachaturdashi-2080 (15).jpg
balachaturdashi-2080 (16).jpg
balachaturdashi-2080 (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ