arrow

गाजाबाट छ सय भन्दा बढी घाइतेको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
israel-palestine-conflict-g.jpg
तस्बिर – फाइल ।

तेल अवीव । इजरेल डिफेन्स फोर्सले गाजामा ‘आइरन स्वर्ड्स युद्ध’ शुरु भएदेखि करिब  ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ ।  

आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ।

सेनाको चिकित्सक सहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन् । 

उद्धार कार्यको नेतृत्व वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ । यो एकाइले स्थल र वायु सेना बीच समन्वयको भूमिका गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ