arrow

शेयर बजारमा हरियाली

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३६ दशमलव ८६ अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार नौ सय ८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो । 

आज विभिन्न दुई सय ९७ कम्पनीका एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर ९५ हजार चार सय ३३ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ बराबरको कारोबार भएको छ ।
 
सबै समूहका उपसूचकमा हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह चार दशमलव ३३ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ । आज चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

बोटलर्स नेपाल (बालाजु) लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड र सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा २४ कम्पनीको शेयर मूल्यमा भने गिरावट देखिएको छ । सबैभन्दा धेरै सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १८ करोड सात लाख ११ हजार चार सय ८८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका चार लाख २९ हजार आठ सय २७ कित्ता शेयर किनबेच भएको छ ।

यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो । यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 

आइतबार १११.२० अंकले बढेको शेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो । 

यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ