arrow

पन्ध्र महिना कार्यकाल बाँकी छँदै आयल निगमबाट थानीले दिए राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
umeshprasad-thani-2080-08-26.jpg

काठमाडौँ । १५ महिना कार्यकाल बाँकी छँदै नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । 

उनले दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर मन्त्री रमेश रिजाललाई राजीनामा दिएका हुन् । 

थानीले घरायसी कारण देखाएर राजीनामा दिएको मन्त्रालयले जनाएको छ । थानीले आफू राजनीतिक व्यक्ति भएकाले धेरै समय एकैठाउँमा नबस्ने बताए । 

उनले संस्थाको घाटा टरिसकेको र स्वचालित प्रणालीमा गइसकेकाले अब आयल निगममा बसिरहनुको अर्थ नरहेको बताए । 

यसअघि पनि आफू निकटकालाई अब  निगममा बसिरहन आवश्यक नभएको बताउँदै आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ