arrow

मधेसमा जनसांख्यिक चापको प्रभावबारे बहस

logo
निरंजनकुमार साह, 
प्रकाशित २०८० मंसिर २७ बुधबार
north-south-collective-2080.jpg

धनुषा । मधेस प्रदेशमा जनसांख्यिक चापको प्रभावबारे बहस हुने भएको छ । शुक्रबार नर्थ साउथ कलेक्टिभ्स जनकपुरधामको प्राङ्गणमा बहस हुन लागेको आयोजक मनोज साहले बताए । 

आयोजक साहका अनुसार ‘मधेस विमर्श श्रृंखला’ अन्तर्गत नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा प्रत्येक महिना विभिन्न विषय वस्तुमाथि बहस हुँदै आएको बताए ।

 सोही मधेस विर्मश श्रृंखलालाई निरन्तरता दिँदै ‘मधेसमा जनसांख्यिक चापको प्रभाव’ विषयमा बहस हुन लागेको आयोजक संस्थाका प्रमुख राकेश मिश्रले बताए ।
  
उनका अनुसार कार्यक्रममा राजनीतिक विश्लेषक तथा लेखक सिके लाल मुख्य वक्ता रहने छन् । यस्तै, विर्मशमा शोधकर्ता तथा सामाजिक अभियन्ता इन्दु थारू र  पत्रकार जनकराज सापकोटाले आफ्ना विचार र अध्ययन–अनुभव सुनाउने प्रमुख मिश्रले जानकारी दिए । 

मधेसमा गौण रहेको विषयहरुमाथि प्रकाश पारी मूलधारको बहसमा ल्याउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक मनोज साहले बताए । 

‘मुख्यतः हाम्रो उद्देश्य ज्ञान उत्पादन र क्षमता अभिवृद्धि गर्नु हो’, उनले भने, ‘त्योसँगसँगै यस प्रकारको कार्यक्रममार्फत गौण रहेका महत्वपूर्ण मुद्दाहरु पनि बाहिर ल्याउने प्रयास गरेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ