arrow

राष्ट्रसंघको युद्ध विराम प्रस्ताव पारितपछि पनि गाजामा आक्रमण जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
israel-palestine-conflict-g.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसंघको युद्ध विराम प्रस्ताव पारित गरेपछि पनि गाजामा इजरेली सेनाले आक्रमण जारी राखेको छ । 

प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार इजरेली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीहरूको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो ।

 जसमा १० बालबालिका छन् । मध्य गाजामा इजरेली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु भएको बताइएको छ । 

उत्तरी गाजा पट्टीमा इजरेली आक्रमणमा अन्य १५ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका गाजा निवासी महमूद जाक्रोतले बताए ।

त्यस्तै अर्का गाजा निवासी महेर निजरले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताएका छन्। 

आफूहरूले बम विस्फोटको आवाज मात्रै सुनेको र विनाशपछि मानिसहरुको शव मात्रै देखेको केही स्थानीहरूले बताएका छन् । सो क्षेत्रमा १० वटा घरहरू ध्वस्त भएको बताइएको छ ।

गाजा अक्टोबर ७ देखि ठूलो इजरेली घेराबन्दी र बमबारीमा छ । जसमा अहिलेसम्म १८ हजार ६ सय प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने ५० हजार ५९४ जना घाइते भएका छन् ।



नयाँ