arrow

दक्षिण अफ्रिकामाथि भारतको अहिलेसम्मकै ठूलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
suryakumar-yadav-ap.jpg

काठमाडौँ । भारतले टी–२० क्रिकेटमा दक्षिण अफ्रिकामाथि अहिलेसम्मकै ठूलो जित दर्ता गरेको छ । जोहानेसबर्गमा भएको तेस्रो तथा अन्तिम टी–२० मा १०६ रनको फराकिलो जित हासिल गर्दै भारतले कीर्तिमान रचेको हो । 

भारतले यसअघि दक्षिण अफ्रिकाविरुद्ध टी–२० मा कायम गरेको ८८ रनको जित नै सबैभन्दा ठूलो अन्तरको थियो । 

यो जितसँगै भारतले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल वर्षाले शुरु नै भएको थिएन भने दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो । तेस्रो खेल जित्दै भारतले श्रृंखलामा बराबरी गरेको हो । 

तेस्रो खेलमा भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २०१ रन बनायो । कप्तान सूर्यकुमार यादवले ५६ बलमा ८ छक्का र ७ चौकाको मद्धतले सय रन बनाए । त्यस्तै ओपनर यशस्वी जयसवालले ४१ बलमा ६० रन जोडे । जवाफमा दक्षिण अफ्रिकाले १३.५ ओभरमा अलआउट हुँदै ९५ रनमात्र बनाउन सक्यो । घरेलु मैदानमा डेभिड मिलरले सर्वाधिक ३५ रन बनाएका थिए । 

दक्षिण अफ्रिकालाई सस्तैमा रोक्ने क्रममा कुलदीप यादवले २.५ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए । 

दक्षिण अफ्रिका भ्रमणमा भारतले तीन एक दिवसीय तथा दुई टेष्टको श्रृंखला पनि खेल्दैछ । 

पहिलो एक दिवसीय आगामी आइतबार जोहानेसबर्गमा हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ