arrow

गति नियन्त्रण गर्न  राडार गनसहित बाँके ट्राफिक सडकमा 

logo
सौरभ गिरी, 
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
radar-speed-2080.jpg

नेपालगन्ज । बाँके ट्राफिकले सावारीसाधानको गति मापनगर्ने यन्त्र (राडार गन) सहित सडक गस्ती शुरु गरेको छ। तीव्र गतिका कारण हुने सक्ने दुर्घटना न्यूनीकरणका लागि  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगन्ज–कोहलपुर सडकखण्डमा ६० किलोमिटर गति निर्धारण गर्दै राडार गनमार्फत सवारीको जाँच शुरु गरेको हो ।

बाँके ट्राफिकले नेपालगन्ज–कोहलपुर सडक खण्डमा राडार गन प्रयोग गरी तीव्र गतिमा कुदाइएको सवारी साधनलाई कारबाही गर्न थालेको बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले बताए ।

नेपालगन्ज–कोहलपुर सडक खण्डमा तीव्र गतिका कारण गाडी दुर्घटना बढेको निष्कर्ष निकाल्दै ट्राफिक प्रहरीले राडार गन प्रयोगमा ल्याएको हो ।

ट्राफिक प्रमुख सुवेदीका अनुसार नेपालगन्ज बजार र स्कुल क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टाको स्पिड लागू गर्न लागिएको छ।

अब नेपालगन्ज–कोहलपुर सडक खण्डमा ६० किलोमिटर भन्दा बढी स्पिड गरे १ हजार रुपैयाँ जरिबाना गरिने ट्राफिक प्रमुख सुवेदीले बताए। उक्त सडक खण्डको जुनसुकै स्थानमा ट्राफिक प्रहरी राडार गनसहित तैनाथ हुने भएकाले सवारी चालकहरुलाई तोकिएको गतिमा सवारी साधनलाई गुडाउन बाँके ट्राफिकले अनुरोधसमेत गरेको छ।

ट्राफिक छैन, स्पिड बढी बनाउँदा केही फरक पर्दैन भने पनि ट्राफिक प्रहरीले लामो दूरीबाट राडार गनले स्पिडसहित फोटो खिच्ने हुँदा सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको सुवेदीले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ