arrow

म्याक्रोन भन्छन् – युक्रेन ईयूमा सामेल हुन अझै  धेरै बाँकी छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
macron-france.jpg
तस्बिर – फाइल ।

ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको अन्तिम सदस्यता प्राप्त गर्न अझै धेरै बाँकी रहेको बताएका छन् । 

युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानहरूमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको जवाफ दिएका छन् । 

‘हामी युक्रेनको ईयूमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौँ कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि हाम्रा नियमहरूमा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ’, उनले भने ।

राष्ट्रपतिको यो टिप्पणीबाट युक्रेनले सहजै छिट्टै ईयूको सदस्यता पाउने सम्भावना निकै कम देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ