arrow

मापसे गरी स्कुल बस चलाउने कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ३० शनिबार
radar-gun-traffic-speed.jpg

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मापसे गरी स्कुल बस चलाएको एक जना चालकलाई कारबाही गरेको छ ।

स्कुल बस चेकजाँच अभियानको क्रममा भैरहवामा भएको २ फरक फरक स्थानको चेकजाँच युनिटबाट ६६ वटा स्कुल बस चेकजाँच भएकोमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।

मापसे गरी स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिई नियम अनुसार कारबाही गरेर सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरुलाई गन्तव्यमा पठाइएको ट्राफिक प्रहरी ट्राफिक प्रहरी निरीक्षक बजिरसिंह बिष्टले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालयले बिहीबार देखि स्कुल बस चेक जाँच गर्ने अभियान संचालन गरेको छ  ।

अभियान अन्तर्गतको पहिलो दिन भैरहवाको बुद्धचोक र लुम्बिनी गेटमा ६६ वटा बस चेकजाँच गरिएको थियो । चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने स्कुल बसका चालकलाई कारवाही र केहीलाई सचेत गराइएको ट्राफिक प्रहरी प्रमुख विष्टले जानकारी दिए ।

चर्को मूल्य लिएर पनि विद्यार्थीहरुलाई सिट अनुसारको सुविधा नदिएको, विद्यार्थीहरुलाई सास्ती दिएको भन्ने गुनासो ट्राफिक प्रहरीमा आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विद्यालयको यस्तो अवश्था नियन्त्रण गर्न विशेष अभियान थालेको छ । 

कार्यालय र मातहतका निकायले स्कुल बस चेकजाँचको क्रममा सम्झाई बुझाई गरेको छ । ‘हामीले पहिलो दिन अधिकांश विद्यालयका बस चालकलाई सम्झाई बुझाई छाडेका छौ, चेकजाँच गरिएको बस मध्ये अधिकांसले क्षमता भन्दा बढी यात्रु बोकेको पाइएको छ भने अधिकांस बस निर्देशिका विपरीत रहेकोले सचेत गराइएको छ’, उनले भने ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले ‘राडर गन’ मार्फत् सवारी साधनको गति मापन र कारबाही पनि शुरु गरेको छ । 

जिल्लाका विभिन्न ठाउँमा ‘राडर गन’ मार्फत् चेकजाँच सुरु गरिएको र तिव्र गतिमा सवारी चलाउनेलाई ठाउँका ठाउँ कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

रुपन्देहीमा भएको दुर्घटना मध्ये ९० प्रतिशत दुर्घटना तिव्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । उक्त दुर्घटनामध्ये अधिकांश बुटवल भैरहवा सडक खण्डमा तीव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेका हो ।

 ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम संचालन गरे पनि दुर्घटना र मृतकको संख्यामा न्यूनीकरण हुन सकेको छैन । 

चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौँ अरुलाई बचाऔँ, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारबाही लगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ