arrow

भारतसँग दक्षिण अफ्रिका निरीह, ११६ रनमा अलआउट, ८ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
india-odi-2023-12-17.jpg

काठमाडौँ । एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका घरेलु मैदानमा भारतसँग निरीह देखिएको छ । 

जोहानेसबर्गमा भएको पहिलो खेलमा भारत ८ विकेटले विजयी भयो । भारतले शानदार बलिङ र ब्याटिङ गरेसँगै दक्षिण अफ्रिकामाथि सहज जित हासिल गरेको हो । 

खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २७.३ ओभरमात्र क्रिजमा टिकेर ११६ रनमात्र बनाउन सक्यो । ७३ रन जोड्दा ८ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाका लागि एन्डाइल फेहलुक्वायोले ३३ तथा टोनी डे जोर्जीले २८ रन बनाए । 

भारतका लागि अर्शदीप सिंहले ३७ रन खर्चेर ५ तथा आभेश खानले २७ रन खर्चेर ४ विकेट लिए । कुलदीप यादवले ३ रन खर्चेर १ विकेट लिए । 

जवाफमा ११७ रनको झिनो चुनौती भारतले १६.४ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो ।

डेब्यु खेलाडी साइ सुदर्शनले र श्रेयस अय्यरले अर्धशतक बनाए । श्रेयस ४५ बलमा ५२ रन बनाएर आउट भए भने साइले ४३ बलमा अविजित रहँदै ५५ रन बनाए । ऋतुराज गायकवाड भने ५ रनमा आउट भएका थिए । 

यसअघि भारतले दक्षिण अफ्रिकासँग तीन खेलको टी–२० श्रृंखला खेलेको थियो । जसमा पहिलो खेल वर्षाले हुन सकेको थिएन भने दोस्रो खेल दक्षिण अफ्रिकाले र तेस्रो खेल भारतले जितेको थियो । 

भारतले टी–२० क्रिकेटमा दक्षिण अफ्रिकामाथि अहिलेसम्मकै ठूलो जित दर्ता गरेको थियो । जोहानेसबर्गमा भएको तेस्रो तथा अन्तिम खेलमा १०६ रनको फराकिलो जित हासिल गर्दै भारतले कीर्तिमान रचेको हो । 

भारतले यसअघि दक्षिण अफ्रिकाविरुद्ध टी–२० मा कायम गरेको ८८ रनको जित नै सबैभन्दा ठूलो अन्तरको थियो । 

दक्षिण अफ्रिका भ्रमणमा भारतले तीन एक दिवसीय तथा दुई टेष्टको श्रृंखला पनि खेल्दैछ । 

दोस्रो एक दिवसीय आगामी मंगलबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ