arrow

फ्रान्सद्वारा गाजामा तत्काल युद्धविराम गर्न दबाब

लेबनानमा युद्ध रोक्नका लागि फ्रान्सले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
france-flag.jpg

काठमाडौँ । फ्रान्सका विदेशमन्त्री क्याथरिन कोलोनाले आइतबार गाजा युद्धमा ‘तत्काल र टिकाउ’ युद्धविरामका लागि दबाब दिएकी छन् । उनले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रको अवस्थाप्रति पेरिस ‘गहिरो चिन्तित’ बनेको बताइन् । 

कोलोनाले तेल अविवमा आफ्ना इजरेली समकक्षी एली कोहेनसँगको टिप्पणीका क्रममा भनिन्, “अत्यन्त धेरै सर्वसाधारण मारिएका छन्, अक्टोबर ७ को हमलापछि इजरेलले आक्रामकरूपमा दबाब दिँदा सम्पूर्ण क्षेत्रमा तनाव बढेको छ ।” 

इस्लामिक लडाकू समूह हमासका अनुसार गाजामा युद्धविरामका लागि इजरेल बढ्दो अन्तर्राष्ट्रिय दबाबमा परेको छ । गाजामा हमासविरुद्धको युद्धमा अधिकांश महिला र बालबालिकासहित १८ हजार आठ सयको मृत्यु भएको छ । 

इजरेली अधिकारीहरूको पछिल्लो आँकडाअनुसार हमासको हमलामा अधिकांश सर्वसाधारणहित करिब एक हजार एक सय ४० मानिसको मृत्यु भएको थियो । हमासले दुई सय ४० जनालाई बन्धकसमेत बनाएको थियो 

मन्त्री कोलोनाले यौन हिंसामा परेकालगायत हमासको हमलाका पीडितहरूलाई बिर्सन नहुनेमा जोड दिइन्। “भन्नु पर्दैन, फ्रान्स यी पीडित महिलाहरूको कुरामा विश्वास गर्छ”, हमासको हमलाका क्रममा व्यापक यौन उत्पीडनको आरोपका बारेमा उनले भनिन्, “बलात्कार, अङ्गभङ्ग र यो अपवित्रता देख्नुपरेका मानिसहरूसँग फ्रान्सले विश्वास गर्छ ।”

यसैबीच मन्त्री कोहेनले लेबनानमा युद्ध रोक्नका लागि फ्रान्सले सकारात्मक र महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् । इजरेल दक्षिणी लेबनानमा सशस्त्र समूह विशेषरूपमा शक्तिशाली इरान समर्थित हिजबुल्लाह समूहसँग नियमितरूपमा सीमापार गोलीबारीमा सामेल भएको छ । 

“इजरेलको उत्तरी सीमामा अर्को मोर्चा सुरु गर्ने कुनै मनसाय छैन तर हामी आफ्ना नागरिकहरूको सुरक्षाका लागि जे गर्नुपर्छ त्यो गर्नेछौँ”, कोहेनले भनिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ