arrow

राष्ट्रिय सभा निर्वाचनलाई लिएर एसको सचिवालय बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ । 

बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । 

आजको बैठकमा राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने मापदण्ड तय गर्ने बारे छलफल हुनेछ । 

देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्य प्रगतिको समीक्षा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

बैठक सोमवार र मङ्गलवार बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ