arrow

देशमा सोचेअनुसार विकास गर्न सकिएन : सभामुख घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
devraj-ghimirey-2080-08-28.jpg
फाइल तस्वीर

सुरुङ्गा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताएका छन् । 

हल्दिबारी गाउँपालिका-२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताए । 

संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर परेको उनले बताए । 

लक्ष्मीनारायण मन्दिरमा यही पुस १० गते आयोजना गरिने  महायज्ञबाट सङ्कलित रकमले मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन निर्माण गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ