arrow

नबिल बैङ्कको डिबेन्चरमा माग भन्दा बढी आवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
nabil-debenture-2087-issued-9-percent.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री बन्द गरेको छ। बैङ्कले २९ मङ्सिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैङ्किङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ।

प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैङ्कले जनाएको छ।

बैङ्कले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र  एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो।

सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो। यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।

नबिल बैङ्कले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। यस बैङ्कबाट १८ लाखभन्दा बढी ग्राहकले बैङ्किङ सेवा लिँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ