arrow

राजतन्त्र फेरि फर्किएर आउँदैन : नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
madhavkumar-nepal-2080-04-06.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरङ्कुशताको इतिहास बोकेको राजतन्त्र फेरि फर्किएर नआउने बताएका छन् । 

कम्युनिष्ट आन्दोलनका पुराना नेता गोपाल भण्डारीलाई पार्टी प्रवेश गराउन मंगलबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले इतिहास बनिसकेको राजतन्त्र फर्काउन सम्भव नभएको बताए ।

राजनीतिक दल र नेतामा भएका कमीकमजोरीको समीक्षा गरी स्वस्थ आलोचना गर्न र सुधारका लागि अवसर दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले राजनीतिक दल र नेताबाटै समस्याको समाधान खोज्नुपर्ने बताए । 

सडकमा जुलुस निस्किदैमा सरकार आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ