arrow

सांसद शर्मा २५ स्वास्थ्यकर्मी लिएर प्यूठानमा, ११ सय बढीको उपचार [फोटोफिचर]

बिहीबार दाङ र शुक्रबार कपिलवस्तुमा निःशुल्क उपचार गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
kmc-2080-09-04-(18).jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्मा चिकित्सकको टोली लिएर प्यूठान गएका छन् । काठमाडौँ मेडिकल कलेजका चिकित्सकको टोली लिएर उनी प्यूठान गएका हुन् । 

प्यूठानको गौमुखी गाउँपालिका वडा नं ५ ठूलाबेसीको आयोजनामा नौमुखी उच्च माविमा भएको शिविरका लागि डा. शर्मा आफैँले टोली लिएर गएका हुन् । 

जहाँ एक हजार १२३ बिरामीले उपचार गराएका थिए । सो क्रममा ७६ जनाको इको, ४९ जनाको ईसीजी, २०३ जनाको ल्याब, १५८ जनाको अल्ट्रासाउन्ड गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले बताए ।  

त्यस्तै ९२ जनाको दाँत खोलिएको थियो भने ४० जनालाई ओटी रेफर गरिएको थियो । 

सो क्रममा डा. शर्माले प्यूठानबाट शल्यक्रियाका लागि केएमसीमा पुग्ने बिरामीलाई सतप्रतिशत छुट उपलब्ध गराउने पनि बताए । 

डा. शर्माको टोलीले ५ गते बिहीबार दाङमा र ६ गते कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर गर्ने बताएका छन् । 

सो क्रममा प्रदेश सांसद निमा गिरीले डा शर्माको खुलेर प्रशंसा गरेकी थिइन् । 

शर्मासँग २५ जनाको चिकित्सकको टोली गएको हो । 

डा. शर्माले केएमसी र नोबल टिचिङ हस्पिटल सम्हालेपछि स्वास्थ्य शिविर धेरै भन्दा धेरै गरेर सामाजिक उत्तरदायित्व बहन गरिरहेका छन् । 

kmc-2080-09-04 (1).jpg
kmc-2080-09-04 (2).jpg
kmc-2080-09-04 (3).jpg
kmc-2080-09-04 (4).jpg
kmc-2080-09-04 (5).jpg
kmc-2080-09-04 (6).jpg
kmc-2080-09-04 (7).jpg
kmc-2080-09-04 (8).jpg
kmc-2080-09-04 (9).jpg
kmc-2080-09-04 (10).jpg
kmc-2080-09-04 (11).jpg
kmc-2080-09-04 (12).jpg
kmc-2080-09-04 (13).jpg
kmc-2080-09-04 (14).jpg
kmc-2080-09-04 (15).jpg
kmc-2080-09-04 (16).jpg
kmc-2080-09-04 (17).jpg
kmc-2080-09-04 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ