arrow

सर्वोच्चमा छ न्यायाधीश अनुमोदनप्रति कांग्रेस नेताको असन्तुष्टि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
rayamajhi-congress.jpg

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ जना न्यायाधीशको नाम अनुमोदन गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । 

समितिको बैठकपछि उनले सञ्चारकर्मीहरुमाझ संसदीय समिति न्याय परिषद्को कर्मकाण्डी भएको जिकिर गर्दै त्यस्तो समितिमा सांसदहरूले बस्न नमिल्ने प्रतिक्रिया समेत दिए । 

नेता रायमाझीले प्रस्तावित न्यायाधीशहरुको गल्ती आंैल्याउदा पनि समितिले अनुमोदन गर्छ भने त्यस्ता समितिको काम नभएको पनि बताए।

उनले भने, ‘जसरी अब यो न्याय परिषद्ले सिफारिस गरेर पठायो । त्यो विषयमा हामीले सुन्ने मात्रै काम गर्‍यौँ । जसलाई पठायो, उसको प्रस्तुति हामीले सुन्यौँ । सुनेर हामीले त्यसमा पूरक प्रश्न पनि गर्‍यौँ । प्रश्न पनि गर्‍यौ । तर पूरक प्रश्न गर्दै उनलाई लाञ्छना पनि लगायौँ । तपाईँले यो यो चिज गर्नुभयो पनि भन्यौँ । तर भन्दाभन्दै पनि हामी अनुमोदन गर्न गइरहेका छौं । हामीले यो समितिलाई कर्मकाण्डीको रूपमा मात्रै उपयोग गर्‍यौ क्या । त्यस कारण यो कर्मकाण्डी समिति बनाउने हो भने न्यायपरिषदले गरेको निर्णयलाई यहाँ ल्याउनुपर्ने जरुरी छैन । कर्मकाण्डीकोरुपमा मात्रै ल्याउने हो भने । होइन यहाँ ल्याएपछि गलतलाई गलत भन्न सक्ने हैसियत हामीले राख्न सक्दैनौँ भने हामी सांसदहरू यो समितिमा बस्नु हुँदैन भन्ने मेरो मान्यता हो ।’



नयाँ