arrow

एयर अरेबिया जहाजको शौचालयमा शिशु फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
Air-Arabia.jpg

काठमाडौँ ।  एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो ।
    
सो जहाज युएईको सारजाह विमानस्थलबाट बुधबार बिहान ९ बजेर १० मिनेटमा काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । 

“जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ”, प्रवक्ता झाले भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ