arrow

माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने [भिडियो]

सात सदस्यीय विधान मस्यौदा समिति गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ५ बिहिबार
agni-sapkota-.jpg

काठमाडौँ ।  नेकपा(माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । 

माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । 

 पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति गठन गरेको जानकारी दिए । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहनुभएको उनले बताए । प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो साता नै बस्ने पनि जानकारी दिए ।

उनले भने – ‘हामीले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भनेर निर्णय गरेका छौँ । विधानको मस्यौदा बनाउनका लागि ७ सदस्यीय समिति बनेको छ । समितिमा पम्फा भुसाल, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, गणेश शाह र राम कार्की रहेको ७ सदस्यीय विधान मस्यौदा समिति बनेको छ । केन्द्रीय समितिको बैठक पनि फागुनको पहिलो साता नै बस्छ ।’

बैठकमा माओवादीको चलिरहेको जनतासँग माओवादी–विशेष रूपान्तरण अभियानको समीक्षा भएको उनले बताए । अभियानले पार्टीलाई जीवन्त र गतिशील बनाएको र नेता, कार्यकर्ता र जनताका बीचमा नयाँ ढङ्गले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालिएको उनले बताए । अभियान प्रभावकारी भएको उनले बताए ।

उनले भने – ‘हाम्रो अभियानको समीक्षाको बारेमा अभियान, विगतको अभियानको तुलनामा प्रभावकारी भयो । जीवन्त भयो । चलायमान भयो । गतिशील भयो । नेता र कार्यकर्ता, कार्यकर्ता र जनताको बिचमा फेरि एकपल्ट नयाँ ढङ्गले सम्बन्ध स्थापित भयो । र, सारमा भन्दा खेरी जनतासँग माओवादी विशेष रूपान्तरण अभियान निकै प्रभावकारी ढङ्गले सफल भएको छ । समग्रमा यसले पार्टीलाई पुर्नताजगी बनाएको छ । र सबैलाई सक्रिय बनाउने भूमिका खेलेको छ । पुस १६ गते समापन गर्ने भनिएको छ । यसको समापन पुस १६ गते पालिकाहरूमा वृहत् जनपरिचालनसहित समापन हुँदैछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ