arrow

वेष्ट इन्डिजले जित्यो इङ्गल्याण्डविरुद्धको टी–२० श्रृंखला

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
west-indies-eng-winner-2023.jpg

काठमाडौँ । वेष्ट इन्डिजले इङ्गल्याण्डविरुद्धको टी–२० क्रिकेट श्रृंखला जितेको छ । गएराति सम्पन्न श्रृंखलाको अन्तिम खेलमा तोरोउबामा वेष्ट इन्डिज ४ विकेटले विजयी भएसँगै श्रृंखला ३–२ ले जितेको हो । 

इङ्गल्याण्डले दिएको १३३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । यसअघि पहिले ब्याटिङ्ग गर्र्दै इङ्गल्याण्डले इङ्गल्याण्डले १९.३ ओभरमा अल आउट हुँदै १३२ रन बनाएको थियो ।

योसँगै वेष्ट इन्डिजले इङ्गल्याण्ड विरुद्धको टी–२० श्रृंखला ३–२ ले जितेको छ । यस सिरिजको प्लेयर अफ द सिरिज फिल साल्ट बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ